बुवाको मृत्युपछि मेडिसिटीमाथि कारवाहीको माग

पाेखरा | साउन ४, २०७९

बुवाको मृत्युपछि मेडिसिटीमाथि कारवाहीको माग तस्बिर: सुदर्शन रञ्जित

बुवा योगेन्द्रबहादुर बस्नेतको उपचारकोक्रममा अस्पताल र चिकित्सकको लापरवाही मृत्यु भएको भन्दै बस्नेत परिवार न्याय मागिरहेका छन् । 

 

पोखरामा शिक्षाप्रेमी कहलिएका बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएपनि  जेठ २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि बुबालाई ह्दयघाट भएको र हृदयघातपछि जसरी चिकित्सकीय निगरानी र उपचार हुनुपथ्र्यो त्यो नभएको उनको दाबी छ । 

 

पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । अस्पताल र सम्बन्धि चिकित्सककै लापरवाहीले बुबाको ज्यान गएको उनको भनाई छ । 

 

हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । डा शर्माले बिरामीको अवस्था बुझ्न डा। राजीव मिश्रलाई अग्रह गरेपनि मिश्रले भने अस्पतालमा उपस्थित नै नभई बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेका थिए ।

 

छानबिनका लागी असार ६ गते निवेदन दिए पछि हस्पिटलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउने भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको उनले बताए । घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई आलटाल गर्न खोजेको बस्नेतले आरोप लगाए ।

 

छानबिनका लागि असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपनि काउन्सिलका अध्यक्ष डा। कृष्ण अधिकारीले छानबिन गर्न लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे यथार्थ जानकारी पाउन कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे ।

तनहूँको शुक्लागण्डकी–३ स्थायी घर भएका बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक समेत भएर कार्य गरेका थिए ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्