बुवाको मृत्युपछि मेडिसिटीमाथि कारवाहीको माग

पाेखरा | साउन ४, २०७९

बुवाको मृत्युपछि मेडिसिटीमाथि कारवाहीको माग तस्बिर: सुदर्शन रञ्जित

बुवा योगेन्द्रबहादुर बस्नेतको उपचारकोक्रममा अस्पताल र चिकित्सकको लापरवाही मृत्यु भएको भन्दै बस्नेत परिवार न्याय मागिरहेका छन् । 

 

पोखरामा शिक्षाप्रेमी कहलिएका बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएपनि  जेठ २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि बुबालाई ह्दयघाट भएको र हृदयघातपछि जसरी चिकित्सकीय निगरानी र उपचार हुनुपथ्र्यो त्यो नभएको उनको दाबी छ । 

 

पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । अस्पताल र सम्बन्धि चिकित्सककै लापरवाहीले बुबाको ज्यान गएको उनको भनाई छ । 

 

हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । डा शर्माले बिरामीको अवस्था बुझ्न डा। राजीव मिश्रलाई अग्रह गरेपनि मिश्रले भने अस्पतालमा उपस्थित नै नभई बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेका थिए ।

 

छानबिनका लागी असार ६ गते निवेदन दिए पछि हस्पिटलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउने भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको उनले बताए । घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई आलटाल गर्न खोजेको बस्नेतले आरोप लगाए ।

 

छानबिनका लागि असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपनि काउन्सिलका अध्यक्ष डा। कृष्ण अधिकारीले छानबिन गर्न लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे यथार्थ जानकारी पाउन कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे ।

तनहूँको शुक्लागण्डकी–३ स्थायी घर भएका बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक समेत भएर कार्य गरेका थिए ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्